झलनाथ खनाल सोमबार स्वदेश फर्कदै


काठमाडौँ, १३ भाद्र । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्कने भएका छन् । भारतमा मिर्गौला पत्यारोपणका लागि भारतमा रहेका खनाल सोमवार स्वदेश फर्कदै गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको स्वकीय सचिव भट्टराईले बताए । खनाल उपचारका लागि असार २ गते भारतको नयाँ दिल्ली गएका थिए । 

भारतमै उपचाररत भएका बेलामा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी नामको नयाँ दलको गठन भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले आफूलाई समाजवादीको कित्तामा उभ्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्