अमेरिका आफ्ना सेनालाई अफगानिस्तानबाट हटाउन सुरु


 काठमाडौँ, १३ भाद्र । अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानबाट हटाउन सुरु गरेको छ । अगस्ट ३१ नजिकिँदै गर्दा अफगानिस्तानबाट अमेरिकीले आफ्ना सेना हटाउन सुरु गरेको हो । 

तालिबानले यसअघि नै निर्धारित समयमा अमेरिकाले आफ्नो सेना अफगानिस्तानबाट हटाइसक्नु पर्ने, अन्यथा उसले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको थियो । 

सेनाका पेन्टागन प्रवक्ता जोन बर्कीले शनिवार आयोजित पत्रकार सम्मेलनमा पेन्टागनका काबुल विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका छन् । पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै बर्कीले आफूहरू काबुलबाट हट्दै गरेको बताए । तर उनले  अहिलेसम्म कति सैनिक फिर्ता भए भन्ने कुनै जानकारी चाहिँ दिएनन् ।

अमेरिकाले तोकेकै समयमा आफ्ना सबै सेना फिर्ता गराउने प्रयास भइरहेको, सो क्रममा अन्तिम समय सम्म पनि अफगानिस्तानबाट बाहिर चाहने अफगान नागरिकलाई निकाल्न आफूहरूका तर्फबाट सहयोग गरिरहने पनि प्रवक्ता बर्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्