आर्थिक वर्ष २०७८-०७९ का लागि खोला ठेक्का नलाउने मनसायमा बेलबारी नगरपालिका


बेलबारी, ११ भाद्र । आर्थिक वर्ष २०७८÷०७९ कालागि बेलबारी नगरपालिकाले खोला ठेक्का नलगाउने भएको छ । अत्यधिक खोलाजन्य पदार्थको निकासीले खोलाहरू जमिनको सतहभन्दा तल गएको र बाढी आउँदा जोखिम बढी हुने भन्दै व्यापक जनगुनासो आइरहेको बेलामा बेलबारी नगरपालिकाले यस्तो मनसाय लिएको हो ।

खोला ठेक्का नलगाउने भएकैले गर्दा यतिखेर सम्ममा पनि सूचना निकालिएको छैन । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले आर्थिक वर्ष २०७८-०७९ का लागि खोलाको ठेक्का नलाउने निर्णय भएको बताएका छन् । नगर कार्यपालिकाको बैठकले त्यो निर्णय गरिनसकेको भए पनि खोला ठेक्का नआउने सल्लाह भएको, सोही सल्लाह अनुसार नै खोला ठेक्काको सूचनासमेत ननिकालिएको प्रमुख प्रशासकीय अधिकृत शाह बताउँछन् ।

तर ठेक्का नलाए पनि खोलाबाटै आश्रित मजदुरको रोजीरोटी भने नखोसिने उनको मत रहेको छ ।  

यस वर्ष खोला ठेक्का नलगाउने भए पछि गतबर्ष स्टक रहेका खोलाजन्य सामग्री तुरुन्त बिक्री गर्नसमेत नगरपालिकाले निर्देशन दिएको छ । बेलबारी १, २ र ३ नं वडाका विभिन्न ठाउँमा गिटी, बालुवा स्टक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्