काबुल विमानस्थलमा फेरि बम हमलाको हुने भन्दै अमेरिकाद्वारा ‘अलर्ट’ जारी


काठमाडौँ, ११ भाद्र । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चाँडै कार बम हमला हुने आशङ्का गर्दै ‘अलर्ट’ जारी गरेको छ । बिहीवार साँझ मात्र हमिद कारजारई अनतराष्ट्रिय विमानस्थलको नजिकै बम विस्फोट हुँदा १३ जना अमेरिकी सेनासहित ८० जनाभन्दा बढीको मृत्यु भएका थिए । 

उक्त आक्रमणमा परी दुई सयभन्दा बढी घाइते भएका थिए । यसैबिच अमेरिकाले शुक्रवार चेतावनी जारी गर्दै त्यहाँ फेरि चाँडै अर्को बम हमला हुने खतरा देखिएको भन्दै सबैलाई अलर्ट रहन सूचित गरेको छ । अमेरिकन ब्रोडकास्ट कम्पनीका अनुसार काबुल विमानस्थलको उत्तरी गेटमा कारबम विस्फोट गराइने सम्भावना देखिएको बताएको छ ।

गुप्तचर एजेन्सीलाई यो सूचना प्राप्त भएपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिक र सैनिकलाई सतर्क रहन आग्रह गरेको छ । तालिबानले देश कब्जा गरे पछि त्यसको विरुद्धमा आन्दोलन भइरहेको बेलामा भएको आत्मघाती हमलाले जनता झनै आतङ्कित तुल्याएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्