कोभिडसिल्ड खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै : वर्षाले खोप कार्यक्रमलाई प्रभावित पार्ने सम्भावना


बेलबारी, ११ भाद्र । कोभिडसिल्ड खोपको दोस्रो मात्रा छुट्नेहरूलाई देशका विभिन्न जिल्लामा आजबाट  खोप दिइन थालिएको छ । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरूलाई आजबाट दोस्रो मात्राको खोप लगाउन लागिएको हो । 

मोरङका सबै पालिकाहरूमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने काम भइरहेको छ । कोभिडसिल्डको पहिलो मात्रा (फागुन महिनामा) लगाएकाहरूलाई एस्ट्राजेनेको मात्रा दिइन लागिएको हो । यसअघि लगाइएको कोभिडशिल्ड खोप नआए पछि एस्ट्राजेनेको मात्रा दिइन लागेको हो ।

मोरंग जिल्लाका १७ वटै पालिकाहरूका वडा, स्वास्थ्य चौकी वा तोकिएको खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाउन सकिने बताइएको छ । बिहानैदेखि पानी परिरहेकोले खोप लाउन जाने भने समस्यामा परेका छन् ।

बिहानै देखि पानी पर्नाले खोप केन्द्रमा आउन कठिन भइरहेको बेलबारी स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्मा बताउँछन् । तर मौषमका कारण खोप कार्यक्रमलाई भने प्रभावित हुन नदिने, अनुकूल समय मिलाएर भए पनि खोप दिइने स्वास्थ्य शाखा प्रमुख विश्वकर्मा बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्