प्रधानमन्त्री नरेन्द्र मोदी : “ भारतले विश्वलाई बुद्ध दिएको छ ”


काठमाडौँ, ११ असोज । भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताए ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घको महासभा उनले भने ‘सबैभन्दा ठुलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ ।’ १७ मिनेट हिन्दी भाषामा सम्बोधन गर्दै मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

मोदीले आतङ्कवाद विश्वका लागि खतरा रहेको बताउँदै आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्