रहेनन् जनगायक जेबी टुहुरे


काठमाडौँ, १० भाद्र । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो । उच्च रक्तचापबाट ग्रसित टुहुरेलाई मङ्गलवार अस्पताल भर्ना गरिएको थियो । 

‘आमा दिदी बहिनीको कति बस्छौँ दासी भई’, बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका चर्चित गीत गाएर जनताको मनमा बस्न सफल गायक टुहुरे जन सांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका थिए । उनले १५० को हाराहारीमा प्रगतिशील गीतहरू गाएका छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्