बेलबारी नगरपालिकाकी उपप्रमुख पराजुली अमेरिकामा सम्मानित


बेलबारी, ९ भाद्र । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली (तारा) अमेरिकामा सम्मानित भएकी छन् । अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक कार्यक्रममा नेपाली कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै पराजुलीलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) ले सम्मान गरेको हो ।

प्रवासमा रहेर नेपाली भाषा र कलाकारिताको विकास प्रवर्द्धनका निम्ति क्रियाशील कलाकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) ले आयोजना गरेको सांस्कृतिक, साङ्गीतिक कार्यक्रमका बिच पराजुलीलाई उक्त सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले कला क्षेत्रको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को सक्रियता र भूमिका उल्लेखनीय रहेकोले अझ सक्रिय भएर अघि बढ्नुपर्ने बताउँदै सम्मानित सबैलाई बधाई ज्ञापन गरिन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) द्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको सम्मानित पराजुलीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्