तालिबानले अमेरिकालाई भन्यो ‘अगस्ट ३१ भित्र आफ्ना सेना फिर्ता लगेनौँ भने ठुलो मूल्य चुकाउनु पर्नेछ’


काठमाडौँ, ८ भाद्र । तालिबानले अमेरिकालाई अगस्ट ३१ भित्र आफ्ना सेना फिर्ता लैजान अल्टिमेटम दिएको छ । तोकिएको मिति भित्र अफगानिस्तानबाट आफ्ना सेना नलगे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएको छ ।

तालिबानका प्रवक्ता सुलहै साहीनले अगस्ट ३१ अमेरिकाले आफ्ना सेना फिर्ता लगिसक्नु पर्ने बताएका छन् । उनले यसबारेमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले यो मितिभित्र आफ्ना सेना अफगानिस्तानबाट बिदा हुने वचन दिएको दाबी गरेका छन् ।

निर्धारित मिति भित्र पनि अमेरिकी सेना फिर्ता गएन भने उसले अफगानिस्तान आफ्नो कब्जा जमाउन खोजेको भन्ने उद्देश्य देखिने भएकोले तालीवान्ले अमेरिकालाई दिएको समयसिमा भित्रमा आफ्ना सेना फिर्ता लैजान दवाद दिएको छ । तालिबान पवक्ता साहीनले भनेका छन् ‘यस मितिभन्दा पनि अगाडि अमेरिकी सेना बसिरहनुको अर्थ हुन्छ– उनीहरू फेरि अफगािनस्तानमा कब्जा जमाउन खोजिरहेको छ । यस्तो भयो भने अमेरिकाले यसको परिणाम भोग्नु पर्नेछ ।’ 

३५ मध्ये ३४ वटा प्रदेश आफ्नो कब्जामा लिइसकेको तालिबानले विदेशीहरूलाई देश छाड्न दिने बताएको छ । आफ्नो सेनाको कब्जामा रहेको कान्दाहार विमान्थलबाट अमेरिकी सेनाले आफ्ना नागरिकलाई उद्धार गरिरहेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्