मुख्यमन्त्री केसीले पाए विश्वासको मत : पक्षमा ४२, विपक्षमा शून्य, एक जना तटस्थ


काठमाडौँ, ७ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार दिउँसो भएको मतदानमा उनको पक्षमा ४२ खसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बहिस्कार गरेकोले गर्दा उनको विपक्षमा कुनै मत खसेन ।

८० सांसद रहेकोमा विश्वासको मतका लागि डाकिएको बैठकमा ४३ जना सांसद मात्र उपस्थित भएका थिए । ४३ मध्ये एक जना सांसद भने तटस्थ बसेका थिए । 

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा तथा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को समर्थनमा केसी साउन २८ गते मुख्यमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्