मिक्लाजुङका लिम्बुको हत्या आरोपमा तीन दाजुभाइसहित चार जना पक्राउ


मिक्लाजुङ, ७ भाद्र । मोरङको मिक्लाजुङका धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले तीन दाजुभाइसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ ६ का ३३ वर्षीय रविन तामाङ, ३३ वर्षीय आइतराज तामाङ, २६ वर्षीय संन्जय तामाङ र ४० वर्षीय भाग्य तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये रविन, आइतराज र संन्जय सहोदर दाजु भाइ हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भदौ ३ गते राती रविन तामाङ र उनकी श्रीमती निरुता तामाङ बिच घरायसी विषयलाई लिएर झगडा परेको, र झगडा मिलाउन गएका धनराजलाई तीन जना दाजुभाइले मिलेर आक्रमण गरेका थिए ।

उनीहरूको आक्रमणबाट घाइते बनेका लिम्बूको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगर शनिवार राति ११ः४५ बजेतिर मृत्यु भएको जानकारी दिएका छन् ।पारिवारिक झगडाको विषयलाई लिएर लिम्बुको हत्या भएको अनुसन्धानदेखि खुलेको डिएसपी श्रेष्ठले बताएका छन् ।

इप्रका उर्लाबारीले सोमबार घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्