सुकुना मा. वि. कक्षा १२ को परीक्षामा नेपाल द्वितीय, ११ मा वोड फस्टको दाबी


सुन्दरहरैंचा / सुकुना माध्यमिक विद्यालय, मोरङको सुन्दरहरैंचाका दुई विद्यार्थीहरूले कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङमा नेपालकै उत्कृष्ट नतिजा ल्याएर वोड फस्ट भएका छन् । हालै प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फको नतिजामा सुन्दरहरैंचा १० मा अवस्थित सुकुनाले सन्देश गिरी र विशाल विमलीले विद्यार्थीहरूले नेपालकै उत्कृष्ट नतिजा ल्याएर वोड फस्ट भएको दाबी गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी तथा विशाल विमलीले ३.९३ जिपिए र विधन विमलीले ३.९० सहित देशभरकै सर्वोत्कृष्ट नतिजा ल्याएको दाबी गरेको विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

सुकुनाको देशकै उत्कृष्ट नतिजा ल्याएको दाबी भएता पनि राष्ट्रिय परीक्षा बोर्डबाट पुष्टि भई नसकेको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले बताए । सुकुना माध्यमिक विद्यालयले २०७६को कक्षा १२को नतिजामा सामुदायिक विद्यालय तर्फ देश भरी बाट वोड सेकेन्ड भएर नेपाल सरकारबाट शिक्षा दिवसको अवसरमा राष्ट्रिय ध्वजा, शिल्ड, कदरपत्र तथा नगद रु २ लाख सहित सम्मानित भएको विद्यालयका प्र. अ. लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

सुकुना माध्यमिक विद्यालयले कक्षा ११को परीक्षामा सामेल १२९ जना विद्यार्थी मध्ये १५ जनाले ३.६ भन्दा माथि, ३२ जनाले ३.२ भन्दा माथि, ५८ जनाले २.८ भन्दा माथि,२२ जनाले २.४ भन्दा माथिको जिपिए ल्याएर शत प्रतिशत उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । वि स २०२९ सालमा स्थापना भएको २३ सय विद्यार्थीहरूको साथमा ७९ जना शिक्षक रहेको सुकुना मा. वि .नेपाल सरकारबाट नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत छनोट भई बहुवर्षीय कार्यक्रम अन्तर्गत कार्य योजना बनाइ विभिन्न कार्यक्रमहरू समेत भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्