सुन्दरहरैँचामा सम्पन्न रक्तदान कार्यक्रममा ८८ प्रिन्ट रगत सङ्कलन


सुन्दरहरैँचा, ५ भाद्र । कोरोनाको महामारीमा पनि रगतको अभाव हुन नदिने उद्देश्यका साथ मोरङको सुन्दरहरैँचामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्द्रपुर जेसिज लगायत विभिन्न ९ वटा संस्थाहरूको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ८८ प्रिन्ट रगत सङ्कलन भएको छ ।

उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसिज, लायन्स क्लब अफ इन्द्रपुर, पाथीभरा स्वतन्त्र महिला समाज लयगतका विराटचोकमा सक्रिय विभिन्न ९ वटा सामाजिक सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको इन्द्रपुर जेसिजका अध्यक्ष कृष्णप्रसाद ओझाले बताएका छन् । 

अध्यक्ष ओझाले कोरोना महामारीमा रगतको अभावलाई कम हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विराटनगर तथा धरान शाखाको प्राविधिक सहयोग रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्