मोरङमा १४५ सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण


विराटनगर, ४ भाद्र । मोरङमा १४५ सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, सङ्खुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।त्यसतै मोरङको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैँचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रङेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सामाजिक मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्