पिछडावर्गका नेता यादव करणीको आरोपमा पक्राउ


वराहक्षेत्र, ४ भाद्र । नेकपा एमाले वराहक्षेत्रका नेता राजकुमार यादवलाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ । नेपाल पिछडा वर्ग (ओबिसी) वराहक्षेत्र नगर अध्यक्षसमेत रहेका यादवलाई १६ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको हो । 

२८ वर्षीय यादवले १६ वर्षीय किशोरीलाई प्रलोभन देखाएर इटहरी –६ स्थित सिद्धार्थ होटेल एण्ड लजमा लगेर जबरजस्ती करणी गरी फरार रहेको थिए । आरोपी यादवलाई मोरङ प्रहरीको सहयोगमा विराटनगर – ५ स्थित त्रिमूर्ति चौकबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरी एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् । 

पक्राउ परेका यादवविरुद्ध जबरजस्ती करणी मुद्दामा अदालतबाट दिन ७ को म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्