नयाँ दल निर्माण प्रक्रियामा असहमत नेपाल पक्षीय नेताहरू भन्छन् ‘ओली र नेपालले सच्चिनु पर्छ, पार्टी एक हुनुको विकल्प छैन’


काठमाडौँ, ४ भाद्र । लामो समयसम्म साथमा रहेको एउटा ठूलो हिस्साले माधव नेपालाई नयाँ दल दर्ता प्रक्रियामा दिएनन् । एमाले उपाध्यक्ष भीम रावलसहितको एउटा ठूलो समूहले नयाँ दल निर्माण पक्रिया भने साथ दिन सकेनन् ।

नेपालको नयाँ दल निर्माण प्रक्रियामा असहमति जनाउँदै नेपालबाट टाढिए पनि उनीहरूले अहिलेसम्म ओली कित्तामा आफूहरूलाई उभ्याएका भने छैनन् । उनीहरूले अझै पनि पार्टीलाई एक बनाउने क्रममा रहेको र त्यो सम्भावना रहेको बताउँदै आएका छन् । त्यसका लागि पार्टी अध्यक्ष र नेता नेपालले आफ्नो अडानबाट पछि हट्नु पर्ने उनीहरूको ठहर रहेको छ । 

एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी रहेको एक भेलाले आ–आफ्ना गल्तीलाई सच्याउँदै पार्टीलाई एक बनाउनुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।  उनीहरूले ओलीले नेपालसहित १४ सांसदलाई गरेको कारबाही फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका छन् । साथै १० बुँदे सहमतिलाई दुवै पक्षले अक्षरशः पालना गरेर अघि बढ्नु पर्ने पनि उनीहरूको माग रहेको छ । 

विगत लामो समय देखि नेपाल पक्षमा रहेर, पार्टीमा नेपालको सम्मानजनक स्थानको पक्षमा आवाज उठाइरहेका यी नेताहरूले हामी एमालेमा छौँ, हामी ओली कित्तामा गएका छैनौँ र जाँदैनौ पनि भन्नु, नेपालले नयाँ दल दर्ता गराउँदा आफूहरू अझै एकताकै पक्षमा रहेको भन्दै नयाँ दलमा सामेल नहुनु यी सबै कुरा नेपाल पक्षको एउटा रणनीतिक चाल रहेको हुनसक्ने अनुमान लाउन थलिएको छ । 

प्रतिक्रिया दिनुहोस्