बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री


काठमाडौँ, ३ भाद्र । एमाले नेत्री अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन् प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले बुधवार उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । 

शाक्य नेपालको पहिलो मुख्यमन्त्री बनेकी छिन् । मुख्य मन्त्री डोरमणि पौडेलले राजीनामा दिए पछि उनले यो अवसर पाएकी हुन् । शाक्यलाई बुधवार नै एमाले संसदीय दलको नेता रूपमा चयन गरिएको थियो । मुख्य मन्त्री बन्नसाथ उनले सानो आकारको मन्त्री परिषद् विस्तार गरेकी छिन् । कृष्ण शर्मा खनाललाई सामाजिक विकास मन्त्रालय र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्रालयको जिम्मा दिइएको छ । 

यसअघि नेपाल पक्षमा रहेर पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केसी शर्मा ओलीको कडा विरोध गरिरहेकी शाक्य नेपालले नयाँ पार्टी गठन गरेसँगै लाइन परिवर्तन गरिन् । लाइन परिवर्तन गरेकै कारण मुख्यमन्त्रीको पद पाउन सफल भएकी छिन् । केहीले भने नेपाल पक्षलाई छाडेकोमा उनले मुख्यमन्त्री पदको उपहार पाएकोसमेत चर्चा चल्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्