एमालेद्वारा माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय


काठमाडौँ, १ भाद्र । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी विभाजनमा उद्यत रहेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो । 

नेपालसहित १४जना सांसदहरूमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

देउवा सरकारले ल्याउन लागेको अध्यादेशले पार्टी फुटाउन सहयोग पुग्नेभन्दै त्यसकै काउन्टरमा एमालेले यस्तो निर्णय आएको बताइएको छ । एमालेले दल विभाजनलाई रोक्न केन्द्रीय कमिटीलाई ५७ जना थपेर २६० सदस्सीय बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्