विराटनगर, ३० श्रावण । पछिल्लो २४ घण्टामा मोरङमा १०८ सहित प्रदेश नं १ मा ६९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, सङ्खुवासभा र भोजपुरमा १–१ जनामा सङ्क्रमण देखिएको छ ।मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१ कोरोना सङ्क्रमित देखिएका छन् ।
सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १, झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र बिर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौबिसे, शहिदभूमीमा १–१, इलामको सूर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभा र भोजपुरको साल्पासिलिछोमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोनाबाट हुने मृत्युदरमा केही कमी आएको देखिए पनि सङ्क्रमण दरमा भने कमी आउन सकेको छैन ।