पाल्पा, ३० श्रावण । पाल्पामा बाबुले चलाएको गाली लागेर छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा रब्दीकोट गाउँपालिका–६ ठिमुरेका ३५ वर्षीय धनबहादुर लम्तरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार रब्दीकोट गाउँपालिका–६ ठिमुरेका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई मार्न हानेको बन्दुकले लागेर आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको छ ।
कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकैको मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको बयान प्रहरी समक्ष दिएको सूचना अधिकारी त्वातीले बताएका छन् । प्रहरीले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकोे छ ।