बेलबारी, ३० श्रावण । बेलबारी प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका वाड नं.–५ का खेम मगर र झापा मेचीनगर–३ का लोकबन्धु दर्नाल रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले दिएको जानकारी अनुसार प्रहरीले चेकजाँचको क्रममा झापा बुद्धशान्ति गाउँपालिका वाड नं.–५ बस्ने वर्ष ३९ को खेम मगर र झापा मेचीनगर–३ बस्ने लोकबन्धु दर्नालको साथबाट गरेर जम्मा ११. ६ ग्राम अवैध ब्राउन सुगर बरामद गरेको हो ।
बेलबारी १० भाउन्नेबाट फाउ परेका ३९ वर्षीय खेम मगरको साथबाट १.६७ र बेलबारी ३ बाट पक्राउ परेका लोकबन्धु दर्नालको साथबाट ९.९३ ग्राम आगुऔषध ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् ।
पक्राउ परेकाविरुद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।