यात्रा म्युजिक भिडियो सार्वजनिक


 विराटनगर, २९ श्रावण । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैत र राज्य मन्त्री राजकुमार ओझाले संयुक्त रूपमा यात्रा म्युजिक भिडियोको सार्वजनिक गरेका छन् ।        

कोशी नेपाल मिडिया बेलबारीद्वारा बिहिवार मन्त्रालय आयोजित एक कार्यक्रममा मन्त्री कुसियैत र ओझाले उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।                                      

उक्त अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव कुमार राईकोसमेत सहभागिता रहेको थियो ।     

प्रकृतिसँग रम्ने यात्रीको विषयमा तयार पारिएको म्युजिक भिडियो यात्रा सार्वजनिक गर्दै मन्त्री कुसियैतले नेपाल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएकोले यसको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै यात्राको सम्पूर्ण टिमलाई बधाई दिएका थिए । कोशी नेपाल मिडियाका अध्यक्ष तथा प्रधान सम्पादन अर्जुन कुलुङ राईले म्युजिक भिडियोको बारेमा प्रस्ट पारेका थिए ।                                 

डिड्रिम्स कृएसन्सद्वारा निर्मित उक्त भिडियोको सिनिमेटोग्राफी शेखर घिमिरेले गरेका छन् भने प्रमोद कार्कीको निर्देशन रहेको छ । म्युजिक भिडियोमा भोकल भने अन्जान रोशनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्