बालबालिकाका लागि ४० लाख डोज खोप किन्ने सम्झौता


काठमाडौँ, २९ श्रावण । बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता भएको छ । विश्व बैङ्कको वित्तीय सहयोगमा कोभ्याक्ससँगको लागत साझेदारीमार्फत मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता भएको हो । 

यो खोप १२ देखि १७ वर्ष उमेर माथिका बालबालिकालाई लगाउन मिल्ने जनाएको छ । मोर्डना खोपले नेपाललाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्ने जनाइएको छ ।

सम्झौता अनुसार यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर–किशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने विश्व बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्