घटेन कोरोना सङ्क्रमण : पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना सङ्क्रमण


काठमाडौँ, २९ श्रावण । कोरोना सङ्क्रमण बढ्दो दरमा देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,७६३ र एन्टिजेन विधिबाट १,१५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको बताएको छ । नयाँ सङ्क्रमित थपिएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३,२८० जना संस्थागत आइसोलेसनमा, ७३६ जना आइसियु र १८६ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २,११८ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको छ । 

कोरोना सङ्क्रमण दर झन् झन् बढ्दो क्रममा देखिएको छ । सर्वसाधारणको लापरबाही गरिदिँदै सरकारलाई कोरोना नियन्त्रणमा लिन धौधौ परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्