गोरखा सैनिकको मागका बारेमा ध्यान दिन सांसद सङ्ग्रौलाको माग


काठमाडौँ, २९ श्रावण । सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सांसद डिला सङ्ग्रौलाले गोरखा सैनिकको मागका बारेमा ध्यान दिन माग गरेकी छिन् । आज संसद्को शून्य समयमा बोल्दै सांसद सङ्ग्रौलाले सरकारलाई बेलायतको लण्डनमा आमरण अनसनरत गोरखा सैनिकको मागका बारेमा ध्यान दिन आग्रह गरेकी हुन् । 

सांसद सङ्ग्रौलाले कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता अगाडि बढाउन आग्रह गरेकी छिन् । उनले भनिन् ‘म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’

समान पेन्सनलगायतका माग राखेर भूपु गोर्खाले आमरण अनशन थालेका छन् । उनीहरूले गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालयनजिक आमरण अनसन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्