गाडीबाट हाम फाल्दा विराटनगरमा एक जनाको मृत्यु


विराटनगर, २९ श्रावण । दौडिरहेको गाडीबाट हाम फाल्दा विराटनगरमा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडा रहेको प्रहरीले बताएको छ । 

प्रहरीले कोसी लोक मार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हाम फालेर ओर्लन खोज्दा गाडीमा सवार खतिवडा गम्भीर घाइते भएको र खतिवडाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ः२० बजेतिर मृत्यु भएको हो ।

लापरबाहीपूर्ण तरिकाले गाडीबाट झर्ने क्रममा खतिवडाको मृत्यु भएको देखिएको प्रहरीले बताएको छ ।  गाडी चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्