लुम्बिनीका नवनियुक्त मन्त्री शाहीलाई एमाले सोध्यो स्पष्टीकरण


बुटवल, २९ श्रावण । लुम्बिनीका नवनियुक्त मन्त्री अजय शाहीलाई एमालेको स्पष्टीकरण सोधेको छ । गठबन्धनलाई सहयोग गर्दै मन्त्रीसमेत बनेका शाहीलाई नेकपा एमालेले स्पष्टीकरण मागेको हो ।

संसदीय दलका एमाले सचेतक भूमिश्वर ढकालले शाहीलाई पत्र लेखेर ३ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

गठबन्धनको तर्फबाट बिना विभागीय मन्त्री बनेका शाही नवलपरासी पश्चिम–१ ख का सांसद हुन् । 

प्रतिक्रिया दिनुहोस्