श्रीमतीको हत्या गरेर श्रेष्ठ आफैले गरे प्रहरीलाई खबर


काठमाडौँ, २८ श्रावण । काठमाडौँको चाबहिलबाट प्रहरीले श्रीमतीको हत्या गरेर आफै प्रहरीलाई खबर गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा घर भई काठमाडौँको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठ रहेका छन् ।

३९ वर्षीय श्रेष्ठले आफ्नी २३ वर्षीय गर्भवती श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि ती युवकले आफैँले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर हत्याको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

श्रीमान् श्रीमतीबिच विवाद हुँदा श्रेष्ठले ६ महिनाकी गर्भवती श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको आफैले स्वीकारेको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले जनाकारी दिएका छन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्