इटहरीका मेयर चौधरीको कार्यकक्षमा काँग्रेसको तालाबन्दी


सुनसरी, २८ श्रावण । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा नेपाली तालाबन्दी गरेका छन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेको भन्दै नेपाली काँग्रेसले उनको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलको नेतृत्वमा गएको समूहले मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा तालाबन्दी गरेको छ । कसैलाई कार्यालयमै बोलाएर थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको सभापति पौडेलको मत रहेको छ । सरकारी जग्गामा भौतिक संरचना निर्माण गर्ने इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई बुधवार मेयर चौधरीले कार्यालयमै बोलाएर पैनीमाथि घर किन बनाएको भन्दै थर्काएका थिए ।

उक्त संरचना नभत्काए पक्राउ गर्ने भन्दै मेयर चौधरीले आफ्नै कार्यकक्षमा २ घण्टासम्म थुनेको बताइएको छ । सरकारी जग्गामा घर बनाएको उजुरी आए पछि स्काभेटर लिएर मेयर चौधरी खनार पुगेका थिए । खनारमा पुगेर उनले त्यो वाल भत्काउन लाएका थिए । 

इटहरीका मेयर द्धारिकलाल चौधरी आफ्नो स्वभावले गर्दा आलोचित हुँदै आएका छन् । राम्रो मनसायले काम गरे पनि उदण्ड स्वभावका कारण उनी आलोचित हुने गरेको जानकार बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्