विपक्षी गठबन्धनले लुम्बिनीमा प्रदेश सरकारमा दाबी पेस गर्दै


बुटवल, २८ श्रावण । विपक्षी गठबन्धनले लुम्बिनीमा प्रदेश सरकारमा दाबी पेस गर्दैछ । मुख्यमन्त्री शङ्कर पोखरेलले बुधवार पदबाट राजीनामा दिएपछि नयाँ सरकारको बाटो खुलेको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आज दिउँसो ३ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएसँगै विपक्षी गठबन्धनले दाबी पेस गर्न लागको हो । विपक्षी गठबन्धनमा काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । काँग्रेस र माओवादीबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार विपक्षी गठबन्धनले लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । 

प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्