निषेधाज्ञालाई थप कडाइ गदै उपत्यका प्रशासन


काठमाडौँ, २८ श्रावण । कोरोना सङ्क्रमण नरोकिए पछि उपत्यका प्रशासनले त्यसलाई कडाइ गर्न थालेको छ । कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या घट्नु अलावा झन् झन् बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा कडा पारिएको प्रशासनले बताएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबिच मङ्गलवारको संयुक्त बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्मलाई बढाउने, र थप कडाइ गर्ने निर्णय गरेको थियो । अब निषेधाज्ञाको अवधिमा राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन पाइने नपाइने भएको छ ।

यसअघि सर्वसाधारणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केही खुकुलो पारिएको तर लापरबाही बढ्दै गए पछि कढाइ गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्