मुख्यमन्त्री शङ्कर पोखरेलले दिए राजीनामा : विपक्षी गठबन्धनले काम गर्न नदिएको लाए आरोप


बुटवल, २७ श्रावण । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगाडि नै उनले राजीनामा दिएका हुन् ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका छन् । राजीनामा पत्रमा उनले कानुनतः दुई वर्ष सम्म अविश्वासको मत ल्याउन नपाउने प्रावधान हुँदा हुँदै पनि पटक पटक अविश्वासको मत ल्याएर आफूलाई काम गर्न नदिएको, जनमतको अपमान गरिएको जस्ता आरोप लाएका छन् । 

दाङ क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पोखरेल २०७८ साल वैशाख १९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यता विपक्षी गठबन्धनले भने माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्