कुलमान विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त : आजै पदभार ग्रहण


काठमाडौँ, २७ श्रावण । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो । 

आजै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा घिसिङलाई नियुक्ति पत्र दिइएको छ । हालका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ । झण्डै एकवर्ष अघि कार्यकाल सकिएर बिदा भएका घिसिङ पुन ः प्राधिकरणमा आएका छन् । 

उनी पुन : प्राधिकरणमा आए पछि सर्वसाधारण भने उत्साहित भएका छन् । घिसिङले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्