डोजर लिएर आफै खनार पुगे रिसोर्टको वाल भत्काउन इटहरीका मेयर चौधरी


इटहरी, २७ श्रावण । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफै लागेर नहरको जग्गा मिचेर बनाउन लागेको रिसोर्टको वाल भत्काएका छन् । 

मेयर चौधरी मङ्गलवार खनारका एक व्यवसायीले बनाउँदै गरेको रिसोर्टको कम्पाउन्ड वाल भत्काउन आफै त्यहाँ पुगेका हुन् । नहरको जमिन मिचेर संरचना बनाएको भन्दै उजुर परेपछि मेयर चौधरीले नगर प्रहरी, दमकल, डोजर (स्काभेटर) र नेपाल प्रहरीसहित त्यहाँ पुगेका थिए । नगरपालिकाको अनुमतिविनै उक्त रिसोर्ट बनाउन लागिएको बताइएको छ । 

सार्वजनिक जग्गा मिचेको भन्ने गुनासो आए पछि आफै त्यहाँ पुगेर त्यो संरचना भत्काएको मेयर चौधरी बताउँछन् । निकै चर्चामा आइरहने चौधरी पछिल्लो समय सार्वजनिक सम्पत्ति माथिको अतिक्रमणलाई रोक्न आक्रामक रूपमा प्रस्तुत भएका छन् । 

प्रतिक्रिया दिनुहोस्