धनुषामा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु


धनुषा, २७ श्रावण । धनुषामा भजनकीर्तनमा प्रयोग भएको माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । यरी मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय बिन्दा दास र ५० वर्षीय मनीराम यादव रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलवार भइरहेको भजनकीर्तनमा प्रयोग भएको माइकमा करेन्ट प्रवाह भएर उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।  

प्रहरीले दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्