अर्कै महिलासँगको प्रेम सम्बन्ध थाहा थाए पछि प्रेमीकै घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या


उदयपुर, २७ श्रावण । उदयपुरमा प्रेमीकै घरमै गएर एक जना प्रेमीकाले आत्महत्या गरेकी छिन् । यसरी प्रेमीकै घरमा गएर आत्महत्या गर्नेमा बेलका नगरपालिका–२ करहैयाकी सावित्री कुमारी चौधरी ‘महावती’ रहेको प्रहरीले जनाएको छ । 

त्रियुगा नगरपालिका–३ मा ठाडी घर भएका विष्णु देव पंजियार र बेलका नगरपालिका–२ करहैयाकी सावित्री कुमारी चौधरी ‘महावती’ बिच प्रेम सम्बन्ध विवाहमा परिणत हुनै नपाई सिद्धिएको छ ।

साउन १९ गते श्रीमान् श्रीमतीकै रूपमा बस्ने लिखित कागजसमेत गरेर प्रेमी विष्णुदेवको घरमा गएकी सावित्रीले साउन २३ गते प्रेमीकै घरमा आत्महत्या गर्न पुगिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् । 

नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत विष्णु देवको अर्की महिलासँग पनि सम्बन्ध भएको, घरमा पुग्दा अर्की महिलासँग देखेपछि खप्नै नसकेर सावित्रीले आत्महत्या गरेको खुलेको छ । प्रहरीले देव पंजियारलाई नियन्त्रणमा लिएको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा १८५  अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्