शान्ति मिसन प्रकरण : चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको छानविन समितिको ठहर


काठमाडौँ, २७ श्रावण । शान्ति मिसनको पूर्व छनौट परीक्षाका चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको छानविन समितिको ठहर रहेको छ । यो तथ्य बाहिर आएसँगै नेपाल प्रहरीको शान्ति मिसनको पूर्व छनौट परीक्षा रद्द भएको छ । 

प्रहरीमा राष्ट्र सङ्घीय शान्ति मिसन पूर्व छनोट अन्तर्गतको साउन १५ र १६ गते प्रि–स्याट परीक्षा चार सिफ्टमा सञ्चालन भएको थियो । प्रहरी प्रधान कार्यालयबाट हुने परीक्षाका लागि राखिएका सबै सिफ्टका प्रश्नपत्र बाहिरिएको पाइएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

यो प्रकरणसँग जोडिएका प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोका हवलदार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न समितिले सिफारिस गरेको छ । साथै प्रश्नपत्र लिक गर्ने तीनदर्जनजति प्रहरीलाई छानविन समितिले कारबाहीको लागि सिफारिस गरेको छ । 

समितिले मङ्गलवार नै छानबिन प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्