अर्थमन्त्री शर्माद्वारा आर्थिक ‘श्वेतपत्र’ जारी


काठमाडौँ, २६ श्रावण । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष घाटामा रहेको बताएका छन् । मङ्गलवार संसदमा आर्थिक ‘श्वेतपत्र’ जारी गर्दै उनले अघिल्लो सरकारको पालामा यो कोश एक खर्ब ४३ अर्बले घाटामा रहेका विवरण पेस गरेका हुन् । 

२०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले मात्र घाटामा रहको देखाएको थियो । आर्थिक वर्ष २०७६-७७ मा २ खर्ब १६ मा पुगेको जानकारी गराउँदै मन्त्री शर्माले आर्थिक वर्ष २०७७-७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको बताएका छन् । 

बजेटभन्दा बाहिर गएर काम गर्दा यस्तो भएको पनि मन्त्री शर्माको भनाइ रहेको छ । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँनु, वित्तीय उत्तरदायित्वमा विचलन आएको पनि उनले बताएका छन् । आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्तिले गर्दा वित्तीय अनुसार बिथोलिएको शर्माको तर्क रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्