आज एकै दिन पाँच हजारको हाराहारीमा कोरोना सङ्क्रमण


काठमाडौँ, २६ श्रावण । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिएको छ । दैनिक ३ हजारको हाराहारीमा रहेको यो दर मङ्गलवार ह्वात्तै बढेर पाँच हजारको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमुना पिसिआर परीक्षण गर्दा ३,१९४ मा सङ्क्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५,९०६ मा परीक्षण गर्दा १,७१० मा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयले कुल १९ हजार १२३ जनाको नमुना परीक्षण गर्दा ४,९०४ जना सङ्क्रमित थपिएको बताएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,१८९ जना सङ्क्रमित थपिएका छन् । आज काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना सङ्क्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थप ३५ जनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसरी सङ्क्रमण दर बढेसँगै खतराको घण्टी बढेको अनुमान गरिएको छ । सजगता नअपनाउने हो भने अवस्था अझै भयावह हुने अनुमान लगाउन थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्