धनकुटा, २६ श्रावण । मेडिकलमा उपचारका लागि आएका बिरामीलाई यौनहिंसा (बलात्कार) गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना डाक्टर पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा. राज शर्मा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायले पिसाबसम्बन्धी समस्याको उपचारका लागि मेडिकल आएका धनकुटा पाख्रिबासका एक जना ५३ वर्षीय पुरुषलाई यौनहिंसा गरेको आरोपमा सञ्चालक शर्मालाई पक्राउ गरिएको बताएका छन् ।
बिरामीले आफूलाई मेडिकल सञ्चालक शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रायले बताएका छन् । तर शर्माले भने आरोप अस्वीकार गरेका छन् । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।