सुन्दरहरैँचाबाट गाँजासहित सिटी चालक पक्राउ


बेलबारी, २६ श्रावण । मोरङको सुन्दरहरैँचाबाट लागुऔषदसहित एक जना सिटी रिक्सा चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाउँपालिका–५ घर भइहाल  सुन्दरहरैँचा नगरपालिका ५ मा बस्ने २४ वर्षीय इमान राई रहेको बेलबारी प्रहरीले जनाएको छ ।

प्रहरीले राईलाई सुन्दरहरैँचा–७ बाट ७ केजी नौ सय ८४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।अनुसार चालक राईलाई सोमबार साँझ पूर्वपश्चिम राजमार्गमा को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा निजले प्लास्टिकको झोलामा राखिएको लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् ।

पक्राउ परेका राईविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्