सुन्दरहरैचा नगरपालिकाद्वारा ३ शैक्षिक संस्थालाई बस हस्तान्तरण


सुन्दरहरैचा, २६ श्रावण । सुन्दरहरैचा नगरपालिकाले ३ वटा शैक्षिक संस्थालाई ३ वटा बस प्रदान गरेको छ । सोमबार हस्तान्तरण कार्यक्रममा नगर भित्रका ३ शैक्षिक संस्थालाई बस हस्तान्तरण गरेको हो ।

सुकुना बहुमुखी क्याम्पस, सुकुना मा.वि र साजिलाल मा.विले बस प्राप्त गरेको छ । विद्यालय तथा क्याम्पस सम्म विद्यार्थीलाई पढ्न आउन असहज नहोस् भन्ने उद्देश्यले माग अनुसार विद्यालयलाई आंशिक अनुदान र क्याम्पसलाई पूर्ण अनुदानमा बस प्रदान गरेको नगर प्रमुख शिव प्रसाद ढकालले जनाएका छन् । 

नगर भित्रका अरू विद्यालयबाट पनि बसको माग अइरहेको हुँदा आगामी दिनमा बस अनुदानको व्यवस्थापन नगरपालिकाले गर्ने प्रमुख ढकालले बताएका छन् । बस हस्तान्तरण कार्यक्रममा नगर प्रमुख ढकालले बस चलाएर औपचारिक बसयात्राको उद्घाटन गरेका थिए । प्रमुख ढकालको साथै वडा नं. १२ का अध्यक्ष रोशन प्रसाद ढकालले पनि बस चलाएर उद्घाटन गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्