फट्यांग्राको धुलो मिसाइएको पिठोको ब्रेड किन्न मानिसको भिड


फट्यांग्राको धुलो मिसाइएको पिठोबाट तयार गरिने पाउरोटी किन्नलाई मानिसको भिड लाग्छ ।

सुन्दैमा अचम्म लाग्ने, पत्याउन पनि गारो तर यो सत्य हो । फिनल्याण्डमा आटामा सुख्खा फट्यांग्रा पिँधेर बनाइएको धुला मिसाएको पिठोबाट मानिसले खाने, एक खाद्य कम्पनी फेजर बेकरीबाट उत्पादित ब्रेड किन्नको लागि ताद लाग्ने गर्छन । फट्यांग्रा मिसाएको पिठो उक्त कम्पनीले नेदरल्याण्डबाट आयात गर्ने गर्दछ ।

उक्त बेकरीका सिइओका अनुसार यो ब्रेड निकै स्वादिष्ट हुनुका साथै पोषिलो पनि रहेको छ । मानिसहरुले उक्त ब्रेड निकै रुचाएका छन् र खरीद गर्नका लागि बेकरीमा लाइन लाग्ने गरेका छन् ।

हुनत फिनल्याण्डमा खानामा प्रयोग हुने किटपतंगको बिक्रिमा प्रतिबन्ध लगाइएको छ । यस्तोमा फेजर बेकरीले बाहिरबाट पिठो आयात गरी यस्तो फट्यांग्रे ब्रेड बनाएर बेच्ने गरेको छ ।

उक्त ब्रेड तयार गर्न प्रयोग गरिने फट्यांग्रामा फ्याट्टी एसिड, क्याल्सियम, आइरन तथा भिटामिन बी १२ लगायका पोषक तत्व हुने हुँदा उक्त ब्रेड पौष्टिकताले भरिपूर्ण रहेको दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्