कैलाली, २५ श्रावण । कैलालीको बर्दगोरिया मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–१, उत्तर मुढाका ७२ वर्षीय जगतबहादुर साउद रहेको प्रहरीले जनाएको छ ।
से ७ प ८०२ नम्बरको मोटरसाइकलले साउद सवार साइकललाई हिजो राति करिब साढे ८ बजे टिनबजारमा ठक्कर दिएको थियो । घाइते साउदको उपचारका क्रममा बर्दगोरिया अस्पतालमा राती ९ बजेतिर मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कैलालीकै मोहन्याल गाउँपालिका–३, सल्लेरीका १६ वर्षीय दुर्गा बोगटी घाइते भएका र घाइतेलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ ।