भूपु गोर्खाको बेलायती प्रधानमन्त्री कार्यालयनजिक सत्याग्रह आन्दोलन


काठमाडौँ, २५ श्रावण । समान पेन्सनलगायतका माग राखेर भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । उनीहरूले गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालयनजिक आमरण अनशन थालेका हुन् । 

भूपु गोर्खाले समय समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना राख्दै आएका थिए । तर आफ्ना माग सुनुवाइ नभएपछि आमरण अनशन गर्नुपरेको सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए ।

संयोजक राईले अन्य विकल्प नभए पछि आफूहरूले आमरण अनशन बस्नु परेको बताएका छन् । शनिवार नेपाल सरकारले गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने बताएका थिए ।

सत्याग्रह संयुक्त सङ्घर्ष समिति बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने अडानमा रहेको छ ।  यो आन्दोलनमा बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकलेसमेत सहयोग गर्दै ऐकेवद्धता जनाएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्