त्रिविका परीक्षा नरोकिने : सबै परीक्षा नियमितै रूपमा चल्ने


काठमाडौँ, २५ श्रावण । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका परीक्षा नरोकिने, निर्धारित मितिमै सबै परीक्षा सञ्चालन हुने बताएको छ । त्रिविले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने बताएको छ । 

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । 

१२ कक्षाको परीक्षा रोकिएसँगै त्रिविका परीक्षा अब के हुने हुन् भन्ने अन्योल सिर्जना गरिरहेको बेलामा परीक्षा नियन्त्रक जोशीले उक्त कुरा बताएका छन् । पाँच गते पछिका परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने बताएका छन् ।

हाल विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा, स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्