बेलबारी, २४ श्रावण । बेलबारीमा जारी निषेधाज्ञा (लकडाउन) एक हप्तासम्म लम्बिएको छ । कोरोनाको सङ्क्रमितको सखा दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउन एक हप्ताका लागि थप्ने कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको हो ।
नगरभरि साउन २५ गते देखि ३२ गते सम्म लकडाउन रहने छ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल कलकारखाना, निजी तथा सरकारी कार्यालयहरू र बैक वित्तीय सस्थाहरु बन्द रहने छन् । नगरपालिकाले लकडाउनको पालना गर्न सबै नगरवासीमा आग्रह गरेको छ ।
स्वास्थ्य शाखाका प्रमुख एवम् कोरोना फोकल पर्नन सन्तोष विश्वकर्माले दिएको जानकारी अनुसार बेलबारीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको बताएका छन् ।