बेलबारीकी एक बालिकाको करणीका मुख्य अभियुक्त होम तामाङ पक्राउ


बेलबारी, २४ श्रावण । जंगलमा निगुरो टिप्ने गएकी एक बालिका करणीका मुख्य अभियुक्त होम तामाङ पक्राउ परेको छ । जबरजस्ती करणी मुद्दामा फरार मुख्य अभियुक्त होमलाई ११ महिना पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रूपमा खटिएको टोलीले चितवनको राप्ती नगरपालिका वडा नं. १ बाट आज (आइतबार) बिहान करिब ७ : ३० बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले जनाएका छन् । 

होमले बालिकाको करणीमा ३ नाबालकलाई पनि कुट्ने र मार्ने धम्की दिएर प्रयोग गरेका थिए । प्रहरीका अनुसार त्रसित बनाएर बालिकालाई पालैपालो करणी गर्न लगाएका थिए । ३ बालकलाई भने हाजिरी जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

कोशी नेपाल डटकमसँग २०७७ साल भदै १२ गते भएको कुराकानीमा, बालिकाको छिमेकी तथा नाता सम्बन्धी नै पर्ने वर्ष १२, १३ र १४ का ३ बालकलाई ज्यान लिने धम्की दिएर बालिकामाथि बलात्कार गर्न लगाएर, करिब ४० वर्षका होम तामाङले बलात्कार गरेको पीडित परिवारले जनाएका थिए ।

नागरिकको सुरक्षामा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बेलबारीले सक्षम नेतृत्व पाएको स्थानीयले अनुभूति गरेका छन् । प्रहरी निरीक्षक सरोजले नेतृत्व पाएको ३ महिना मात्रै भएता पनि अपराधी गतिविधि रोक्ने तथा अपराधी पक्राउ गर्ने कार्यमा निरन्तर सफलता पाइरहेका छन् । 

असार ३१ गते सुन्दरहरैचा नगरपालिका वडा नं. १० स्थित त्रिवेणीचौकको शिव पाञ्चायन ज्वेलर्समा एक अज्ञात समूहले सेना तथा प्रहरीको स्पेसल टाक्स फोर्सले मात्र प्रयोग गर्न पाउने एसएमजी र पेस्तोल प्रयोग गरेर लुट्ने प्रयास गरेको घटनाले नागरिकलाई त्रसित बनाएको थियो । 

तर जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरीद्वारा एक साता अघि मात्र ७ जनालाई पक्राउ गर्न सफल भएको थियो । यो सफलताले पनि प्रहरी प्रति नागरिकलाई थप विश्वास बढेको छ भने सुरक्षित महसुस गराएको छ । 

प्रतिक्रिया दिनुहोस्