युएन मिसन प्रश्नपत्र लिक प्रकरण : डिएसपीसहित तीन दर्जन प्रहरी अनुसन्धानको घेरामा


काठमाडौँ, २४ श्रावण । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागि जाने जवानको परीक्षाको विषयलाई लिएर डिएसपीसहित तीन दर्जन प्रहरी अनुसन्धानको घेरामा परेका छन् ।

मिसनमा जाने प्रहरी जवानको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले एक जना डिएसपीसहित तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धान गरिरहेको छ । युएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिकको विषयमा अनुसन्धान भइरहेको हो । 

अनुसन्धानका आधारमा प्रहरी प्रधान कार्यालयले कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बम प्रहरीको नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्