एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने उर्लाबारीकी एक जना महिला पक्राउ


उर्लाबारी, २४ श्रावण । मोरङको उर्लाबारीमा एउटै जग्गा दुई जनालाई बिक्री गर्न खोज्ने एक जना महिला पक्राउ परेकी छिन् । यसरी पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ की ४५ वर्षीय जानुका भुजेल रहेकी छिन् । पक्राउ परेकी ती महिला धरौटी बराबरको रकमा बुझाउन नसके पछि कारागार चलान भएकी हुन् ।

भुजेलले विक्री भइसकेको जग्गालाई आफ्नै श्रीमानसँग मिलेर पुनः अर्कैलाई बेच्ने प्रयास गरेकी थिइन् ।  यसअघि बिक्री भइसकेको राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर बराबरको जग्गा उनले अर्कैलाई बिक्री गर्ने भनेर लेखापढी गर्ने प्रयास गरे पछि उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

न्यायाधीश दुर्गा खड्काको एकल इजलासले गत बिहीबार एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि धरौटीबापतको रकम बुझाउन नसकेपछि जानुकालाई कारागार चलान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्